Rule 3
कूटनीतिक सुविधा वा महसुल सुविधा दिन सकिने
(१) ऐनको दफा ९ को उपदफा (१) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा पाउने निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो सुविधा लिनका लागि सुविधा लिन खोजेको मालवस्तुको विवरण, मूल्य र परिमाण समेत उल्लेख गरी परराष्ट्र मन्त्रालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्ने देखिएमा परराष्ट्र मन्त्रालयले अनुसूची–१ बमोजिमको ढाँचामा दुई प्रति सिफारिस फाराम भरी विभागमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सिफारिस फाराम प्राप्त भए पछि विभागले एक प्रति सिफारिस फाराम सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलमा कार्यान्वयनका लागि पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सिफारिस फाराम प्राप्त भए पछि सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले सो सिफारिस बमोजिम सम्बन्धित निकाय, पदाधिकारी वा व्यक्तिलाई कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिएको विवरण सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले विभागमा पठाउनु पर्नेछ र सो विवरणको एक प्रति अभिलेखका लागि आफ्नो कार्यालयमा राख्नु पर्नेछ ।
(६) यस नियमको प्रयोजनको लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक सुविधा वा महसुल सुविधाको सिफारिस गर्ने फाराममा दस्तखत गर्ने आधिकारिक व्यक्तिको दस्तखतको नमूना अग्रिम रूपमा विभागलाई उपलब्ध गराउनु पर्नेछ ।